केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली, हिमपात र चिसो बढ्ने सम्भावना

काठमाण्डौँ – अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । भोलि भने अझै बढ्ने देखिएको उहाँले बताउनुभयो । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाण्डाैसम्म आइपुग्ने उहाँले बताउनुभयो । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो । त्यस दिन काठमाण्डाैकाे तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Array
सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, चिसो ह्वात्तै बढ्यो

सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, चिसो ह्वात्तै बढ्यो

काठमाण्डाैँ – मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ । गएरातिद...
सिगास – ३ लगन बजारमा बिजुली बल्यो : नागरिकहरु हर्षित

सिगास – ३ लगन बजारमा बिजुली बल्यो : नागरिकहरु हर्षित

बैतडी - बैतडीको सिगास गाउँपालिका वडा नं. ३ अन्तर्गत लगन बजारमा बिजुली बत्ती बलेको छ । लगन बजार स्थित ट्रान्सफर्मर सम्म बिजुली बत्त...
केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली, हिमपात र चिसो बढ्ने सम्भावना

केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली, हिमपात र चिसो बढ्ने सम्भावना

काठमाण्डौँ – अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत...
एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीले पाए कार

एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीले पाए कार

नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार पाएका छन् । ए...