बाजुरा – बाजुरामा भूकम्प गएको छ । शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा महसुस भएको थियो ।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइनसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।