बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं. ७ न्वाघर पुर्ख्यौली घर भई हाल वडा नं. ९ चौखाममा बस्दै आएका नवगायक धरम नेपालीको “नटुट मेरी सुन साङल” मौलिक देउडा गीत सार्वजनिक भएको छ ।
परशुराम धाम म्युजिक प्रा. ली. को प्रस्तुती रहेको गायक धरम नेपालीको पहिलो गिती एल्बम नटुट मेरी सुन साङल सार्वजनिक भएको हो ।
उक्त गितमा लय शब्द संकलन हरिश कुमार नेपाली र धरम नेपालीले गर्नुभएको छ भने स्वर धरम नेपाली र गौरी भट्टको रहेको छ ।
भुबन प्रकाश बडुले एरेन्ज गरेको उक्त गीत बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा भएको छ भने ईडिटिङ केशव बिक देउडा प्रेमीले गर्नुभएको छ । नवगायक धरम नेपालीको “नटुट मेरी सुन साङल” मौलिक देउडा गीत Parshuram Dham Music युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
नवगायक धरम नेपालीके “नटुट मेरी सुन साङल” मौलिक देउडा गीतलाई सबैले लाइक कमेन्ट र शेयर गरेर साथ दिन पनि अनुरोध गर्नुभएको छ । भिडियो सहित गीत सुन्न यहाँ क्लीक गर्नुहोस् ।
गौरव चन्द यस ईशिगास खबर अनलाइनका सम्पादक हुन । उनी विगत ५ वर्ष देखि निरन्तर पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । १ वर्ष सामुदायिक रेडियो सेभेन स्टार, ३ वर्ष रेडियो सुदुर आवाजमा काम गरिसकेका चन्द अहिले रेडियो सनशेर एफएम बैतडीमा कार्यरत हुनुहुन्छ ।