काठमाण्डाैँ – पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् ।
पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ ।
आजै दिउँसो १ बजे हुने दाेस्राे खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् । यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ । कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ । समान २/२ अङ्क भएका कर्णाली छैटाैं र विराटनगर सातौं स्थानमा छन् ।
तीन वटै खेल जितेको जनकपुर बाेल्ट्स ६ अङ्कसहित एनपीएलकाे शीर्ष स्थानमा छ ।